नेकपा एमाले विराटनगर महानगरपालिका २ नम्बर वडा कमिटीको अध्यक्षमा प्रवीणचन्द्र कर्ण सर्वसम्मत हुनु भएको छ ।

तिनपैनीस्थित सनातन धर्म सेवासमितिको सभाहलमा आयोजित सो पार्टीको तेस्रो वडा अधिवेशनबाट कर्ण को नेतृत्वमा १२ सदस्यीय वडा कमिटी सर्वसम्मत भएको हो । कमिटिको उपाध्यक्षमा सोहनवीर पाण्डे,सचिव राम स्वरुप राजभण्डारी,उसचिवद्वय सुमन श्रेष्ठ र दुर्गा देवी पौडेल सर्वसम्मत हुनु भएको प्रमुख निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभयो ।

यस्तै सदस्यहरुमा विजय शर्मा,सुभम साह,रतन कुमार बर्मा,राधा श्रेष्ठ,केदार प्रसाद न्यौपाने,रंजिता सुवेदी र काशीराज राजवंशी निर्वाचित हुनु भएको छ । १५ सदस्यिय वडा कमिटि रहने प्रावधान रहेकाले थप तिनजना मनोनयन गरिने एमाले २ नम्बर वडा कमिटिले जनाएको छ ।

अधिवेशन कार्यक्रमकैबिच विजय शर्माको अध्यक्षतामा युवा संघको वडा ईकाई कमिटि समेत गठन गरिएको थियो । त्यसअघि भएको कार्यक्रममा बोल्नुहुदै नेकपा एमालेका निवर्तमान मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्कीले आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमतको सरकार गठन गर्नसक्ने हैसियतमा पु-याउन वडास्तरबाटै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

एमालेका प्रदेश कमिटी सदस्य खेम नेपालीले नेकपा एमाले सर्वहारावर्ग सहित विभिन्न तहतप्काको प्रतिनिधित्व गर्दै आएकाले देशभरिमै लोकप्रिय रहेको बताउनुभयो । उहाँले पार्टीको कमान समाहल्न जुझारु र योग्य युवाहरु अघि बढ्नुपर्ने आव्हान समेत गर्नुभयो ।

यस्तै नवनिर्वाचित अध्यक्ष कर्णले पार्टीको सुदृढीकरणगर्न आफ्नो भुमिका निर्वाहगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शिला दिक्षित कार्की,नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य मनोज विक्रम शाह र महानगर सचिव विज्ञान चापागाईं लगायतले निर्वाचित कमिटिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

वडा कमिटिका कार्यवाहक अध्यक्ष शिव बहादुर बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खबरहरु