विराटनगर, बैशाख २६– धर्म, संस्कार र राष्ट्रियताको संरक्षणमा समर्पित श्रीहरि सत्संग समिति नेपालको विराटनगर च्याप्टरमा नयाँ १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

समाजसेवी तथा उद्योगपति घनश्याम काबराको अध्यक्षतामा उक्त समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा देवेन्द्र गुप्ता,सचिव प्रकाश भक्त जोशी,कोषाध्यक्ष भवानी शंकर बोहरा तथा सदस्यमा राम अवतार अग्रवाल छनौट हुनु भएको छ ।

यस्तै थप सदस्यहरुमा राजेश लखौटिया, हेमन्त मारु, विनोद मुन्दडा,सुरेश परतानी,श्रीप्रकाश तोतला,शोभा कोइराला, मञ्जु कार्की,ललिता जाजु र प्रीति अटल हुनुहुन्छ । समितिको पहिलो बैठक विराटनगरस्थित लायन्स क्लब भवनमा सम्पन्न भएको छ । बैठकमा श्रीहरिका अन्र्तराष्ट्रिय उपाध्यक्ष अनिल मानसिंहले समितिका पदाधिकारीहरूलाई पदभार ग्रहण गराउनुभयो ।

श्रीहरि सत्संंग समिति नेपालले सत्संग,भजन र कथाको माध्यमबाट आफ्नो धर्म,संस्कार,संस्कृति र राष्ट्रियता संरक्षणको अभियानमा लागेको जनाईएको छ । यस कार्यकालागि संगठनको मुख्य दुई भाग रहेका छन ।

एउटा ग्राम संगठन जसले गाउँ गाउँमा कार्य गर्दछ । अर्को नगर संगठन जसले गाउँ गाउँमा कार्य गर्ने कार्यकर्ता समितिहरुलाई अभिभावकत्व प्रदान गर्दछ । नगरस्तरिय समाजलाई गाउँ संग जोड्ने र संगठनलाई आर्थिक रुपले ब्यवस्थित तथा सबल बनाउन भूमिका खेल्नुपर्ने दायित्वमा हुन्छ ।

कार्यक्रममा संस्थाका राष्ट्रिय अध्यक्ष भीखम चन्द सरल, नेपाल समिति प्रभारी सुनिल सिंघल, महासचिव रामजीवन अग्रवाल लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु