बेलबारी २४ बैशाख । योङ कम्यूनिष्ट लीग (वाईसीएल) नेपाल, जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट योगेन लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित भएको छ । नयाँ नेतृत्वले संगठनलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता जनाएको छ ।
सम्मेलनमा अध्यक्षको रूपमा योगेन लिम्बू निर्वाचित भए भने, उपाध्यक्षका रूपमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनाल चयन भएका छन् । साथै, सचिवको जिम्मेवारी सुशन खड्काले सम्हाल्नेछन् ।
सह–सचिवका रूपमा रोशन राई, जमिन मङ्ग्राती र महेन्द्र सोनार चयन भएका छन्, र कोषाध्यक्षको जिम्मेवारी इन्द्रबहादुर राईले सम्हाल्नेछन् ।
अध्यक्ष योगेन लिम्बूले कार्यभार ग्रहणगर्दै संगठनको आगामी कार्ययोजना र लक्ष्यका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले युवा सशक्तिकरण, सामाजिक परिवर्तन र जनहितका कार्यहरूलाई प्राथमिकता दिने बताउनुभएको छ ।
नवनिर्वाचित उपाध्यक्ष मोहम्मद रेहानले वाई.सि.एल. नेपाल मोरङले आगामी दिनहरूमा समुदायको लागि थप प्रभावकारी र उपयोगी योजनाहरू ल्याउने योजना बनाउनुभयो । सम्मेलनमा, पार्टीका विभिन्न सदस्य र अन्य सामाजिक संस्थाका प्रतिनिधिहरूले नयाँ समितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् ।
नव निर्वाचित नेतृत्वले संगठनको भविष्यलाई उज्जवल बनाउने आशा व्यक्त गर्दै सफल कार्यकालका लागि साझा प्रतिबद्धता जनाएका छन् ।