विराटनगर २७ चैत । परम्परागत बाजा तथा सिप संरक्षणगर्ने उद्धेश्यले विराटनगरमा पञ्चेबाजा तालिम शुरु भएको छ ।

राष्ट्रिय उपभोक्ता मंच मोरङ र समृद्धि नेपालको आयोजनामा १५ दिने तालिम शुरु भएको हो । महानगरको ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा शुरु भएको पञ्चेबाजा तालिमको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो ।

तालिममा २० जना महिलाहरुको सहभागिता रहेको जनाईएको छ । सो अवसरमा बोल्नुहुँदै विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले परम्परागत बाजा तथा सिप संरक्षणगर्ने उद्धेश्य सहित तालिम आयोजना गरिएको बताउनुभयो ।

उहाँले तालिमबाट दक्षता प्राप्तगरि पञ्चेबाजालाई ब्यावसायिक रोजगारीकोरुपमा अपनाउन चाहनेहरुकालागि आवश्यक वाद्यवादनको प्रबन्ध समेत वडा कार्यालयले नै गरिदिने बताउनुभयो । सहभागिलाई पथरीबाट आमन्त्रण गरिएका दुईजना प्रशिक्षकहरुले प्रशिक्षण दिने जनाईएको छ ।

कार्यक्रममा समृद्धि नेपालकी अध्यक्ष माया ओझा,बिनायक टोल गणेश मन्दिरका अध्यक्ष राजन थापा, राष्ट्रिय उपभोक्ता मंच मोरङकी उपाध्यक्ष भूमिका गिरी,कार्यपालिका सदस्य ताराकुमारी राय,वडासदस्य पवित्रा विश्वकर्मा,वडासदस्य भुवनेश्वर राजवंशी र समाजसेवी राजन भण्डारी लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु