फागुन १७ । विराटनगर ६ सरौचियास्थित गोदावरी सेकेण्डरी ईंगलिस स्कुलले आफ्नो २१ औं स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ ।
सो विद्यालयले स्थानीय एक निजी पार्टी प्यालेसमा विविध कार्यक्रमको आयोजनागर्दै स्थापना दिवस र अभिभावक दिवस मनाएको हो । सो अवसरमा विद्यालयले भौतिक शास्त्री प्रा.डा.ईन्दूशेखर झालाई सम्मान गरेको छ । महेन्द्र मोरङ कलेजका पुर्व प्राध्यापक समेत रहनुभएका प्रा.डा.झा ले १० जना विद्यार्थीलाई विद्यावारिधि गराउनुभएको तथा अंतर्राष्ट्रीय जर्नलहरुमा समेत उहाँका अनेकौं कृतिहरु प्रकाशित रहेको जनाईएको छ ।
भौतिक शास्त्रको क्षेत्रमा उहाँले गर्नुभएको योगदानलाई कदरगर्दै सम्मानित गरिएको गोदावरी स्कुलका संस्थापक अध्यक्ष भगवान झाले बताउनुभयो । कार्यक्रमकाबिच विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ‘ब्यस्त अभिभावक’ शिर्षकको सचेतनामुलक नाटक प्रस्तुत गर्नुका साथै विभिन्न भाषा संस्कृतिका गित,संगित र नृत्य समेत प्रस्तुत गरे ।
२०४८ सालमा स्थापना भएको सो विद्यालयमा बाल कक्षादेखी कक्षा १० सम्म ४ सय ५० बढी विद्यार्थी अध्यनरत छन भने ३२ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रिन्सिपल महेश कुमार झा ले जानकारी दिनुभयो ।
कार्यक्रमकाबिच अभिभावक संघका कोशी प्रदेश अध्यक्ष देवी पन्थी,साहित्यकार शिवनारायण पण्डित ‘सिंगल’ मेरील्याण्ड कलेजका भेषराज पोखरेल र अभिभावक प्रतिनिधि अजित सिंह लगायतले सो विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।