फागुन १३ । आउँदो चैत महिनामा विराटनगरमा आयोजना गरिने धार्मिक कार्यक्रम रासलीला सम्पन्नगर्न कार्य सम्पादन समितिलाई पुर्णता दिईएको छ ।
स्थानीय अतिथि सदनमा बसेको आयोजक समितिको बैठकले कार्यसम्पादन समितिलाई पुर्णता दिएको हो । उक्त कार्यक्रम सम्पन्नगर्न यसअघि माघ १९ गते बसेको बैठकले आयोजक श्रीहरि सत्संग समिति नेपालका विराटनगर सम्भाग उपाध्यक्ष महेश स्वर्णकारलाई कार्यसम्पादन समितिको प्रमुख संयोजकमा नियुक्त गरिसकेको छ ।
प्रमुख संयोजककै नेतृत्वमा रहनेगरि कार्यसम्पादन समितिलाई पुर्णता दिईएको आयोजक संस्थाका राष्ट्रिय अध्यक्ष भीखम चन्द सरलले जानकारी दिनुभयो । बिस्तारित कार्यसम्पादन समितिमा समाजसेवी घनश्याम काबरालाई सह प्रमुख संयोजक मनोनित गरिएको छ ।
यस्तै समितिका थप सदस्यहरुमा विद्यानन्द माझी, रामजीवन अग्रवाल, बेनी गोपाल मुन्दडा,बिनोद दुगड,देवेन्द्र गुप्ता,भवानी बोहरा,किरण आचार्य,देवकीनन्दन अग्रवाल,गिरीजा सारडा,पुप्षा लोढा र शिवरतन जोशीलाई चयन गरिएको छ । यसैगरि राजेश गुप्ता,सुचि चौधरी,मिरा कोईराला,प्रकाश दाहाल,पशुपति नेपाल,पृथ्वीकुमार अग्रवाल,ओमप्रकाश अग्रवाल,श्रवण अग्रवाल,सुधिर तोदी,नन्द किशोर तापडिया,कविराज न्यौपाने र राजकुमार अग्रवाललाई मनोनित गरिएको छ ।
मनोनित हुने थप सदस्यहरुमा ललिता जाजु,लक्ष्मी चौधरी,रामबाबु पासवान,सन्तोष साह, राजेश लखौटिया,जुगल किशोर राठी,ईन्दिरा रिजाल,पुनम भट्टराई,राजेश स्वर्णकार,कृष्ण कुमार चौधरी,बाबु लाल अग्रवाल, सुशिला पाठक,राजेशकुमार शर्मा तथा नवीन कर्ण हुनुहुन्छ ।
श्रीहरि सत्संग समिति नेपाल, विराटनगर सम्भागको आयोजनामा आँउदो चैत ५ गतेदेखी ९ गतेसम्म विराटनगरमा ‘होलीको रंग रासलीलाको संग’ शिर्षकमा रासलिला आयोजना गर्न लागिएको हो । भगवान कृष्णको चरित्रमा आधारित सो ५ दिने कार्यक्रम भब्यरुपमा सम्पन्नगर्न ५ सय ५५ जना सम्मिलित मुल समिति यस अघि नै गठन गरिएको छ ।
कार्यक्रम प्रस्तुतगर्न बृन्दावनबाट २१ जना कलाकारको टोली आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ ।