माघ २६ । बुढीगंगा गाउपालिका २ टंकीसिनुवारीस्थित जेभियर्स ईंगलिस स्कुलले आफ्नो १० ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सो स्कुलको वार्षिकोत्सवको वुढीगंगा गाउपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले उद्घाटन गर्नुभयो । वार्षिकोत्सवको अवसरमा स्कुलले विविध कार्यक्रम गरेको छ । सो अवसरमा विद्यालयले २ जना मेधावी विद्यार्थीलाई छात्रबृति र सम्मान प्रदान गरेको छ ।

कार्यक्रमकाबिच कक्षा १२ मा बुढीगंगा भरिमा टप हुने विद्यार्थी कुशल विके र २०८० को एसईईमा उत्कृष्ट अंक ल्याउने दिया थापा मगरलाई छात्रबृति सहित सम्मान गरिएको जेभियर्स ईंगलिस स्कुलका प्रिन्सिपल परेश पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमकाबिच लक्की ड्र मार्फत बिजयी भएका ३ जना अभिभावकहरु शुक्रराज राजवंशी,कविता थापा र निलम थेबेलाई जनही नगद पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको विद्यालय संचालक तुलसी खतिवडाले बताउनुभयो ।

सो अवसरमा बोल्नुहुँदै शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरुसंग हुने विविध प्रतिभालाई प्रस्फुटीत गर्ने थलो विद्यालय नै रहेको बताउनुभयो । जेभियर्सले स्थापनाको छोटो समय अवधिमै गुणस्तरीय र प्रतिस्पर्धि शिक्षामा आफुलाई अब्बल साबित गरेको उहाँको भनाई थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक नृत्य र खेलकुदका कलाकौशल प्रस्तुत गर्नुका साथै कार्यक्रमको मंच संचालन समेत विद्यार्थीहरुले नै गरेका थिए ।

उक्त विद्यालयमा बाल कक्षादेखी १२ सम्म ८ सय ३२ विद्यार्थी अध्यनरत रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु