विराटनगर । विश्व दृष्टि दिवसको अवसरमा विराटनगर आँखा अस्पतालले ‘रिल्स’ प्रतियोगिता आयोजना गरेको छ ।
सो अवसरमा अस्पतालले ‘बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकता’ शिर्षकमा सामाजिक संजालका निम्ति सर्ट भिडियो निर्माणगर्ने ‘रिल्स’ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा अस्पतालका कार्यालय कर्मचारी र विद्यार्थीहरुले सहभागिता जनाएका छन । प्रतियोगिताका सहभागिहरुले बनाएका १५ सेकेण्ड देखी ६० सकेण्डसम्मका भिडियोहरु प्रतिस्पर्धाकालागि छनौट गरिएको छ ।
बुधबार विराटनगर आँखा अस्पताल परिसरमा आयोजित प्रारम्भिक छनौट कार्यक्रमका बिच ८ जना प्रतिस्पर्धिहरुले बनाएका भिडियोहरु अन्तिम प्रतिस्पर्धाका निम्ति छनौट गरिएको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिनुभयो । रिल्स छनौटका निम्ति नेपाल नेत्र ज्योति संघ मोरङका सभापति राजन श्रेष्ठ,बाल नेत्र रोग विशेषज्ञ डाक्टर पवन श्रेष्ठ र पत्रकार नवीन कर्णले निर्णायको भूमिका निर्वाह गरेका छन ।
छनौट भएका भिडियोहरु अस्पतालको आधिकारिक पेजमा अपलोड गरिएको छ । त्यहाँबाट प्राप्त हुने लाईक,कमेन्ट,शेयर तथा निर्णायकको अंक समेत जोडेर पहिलो,दोश्रो र तेश्रो घोषणा गरिने छ । असोज २२ गते अस्पताल परिसरमा कार्यक्रमको आयोजनागरि पहिलो,दोश्रो र तेश्रोमा छनौट हुने रिल्स भिडियो बनाउने प्रतियोगितलाई नगद सहित पुरस्कृत गरिने प्रबन्धक पृथुले जानकारी दिनुभयो ।
प्रत्येक बर्ष अक्टूबरको दोश्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ । सो अवसरमा अस्प्तालले रिल्स प्रतियोगिताका साथै विविध कार्यक्रमहरु आयोजना गरेको छ । दृष्टि दिवसको अवसरमा अस्पतालले जनचेतनामुलक कार्यक्रमका साथै,अभिमुखीकरण,विद्यार्थीहरुको आँखा परीक्षण घुम्ती शिविर र प्रभातफेरी लगायतका कार्यक्रमहरु आयोजना गरिएको अस्पतालले जनाएको छ ।
रिल्स छनौट कार्यक्रममा लाहान आँखा तथा कान उपचार प्रणालीको सिविएम परियोजनाकी कार्यक्रम संयोजक सुरक्षा पौडेल र रिल्स प्रतियोगिता संयोजक रश्मिता भट्टराईको सहभागिता थियो ।