इस्लामी संघ नेपालले मदिरा तथा लागु औषध विरुद्ध साताब्यापी अभियान संचालन गर्ने भएको छ ।

संघले मंगलबार नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै इस्लामी संघका कोशी प्रदेश अध्यक्ष सज्जाद अंसारीले संघको केन्द्रीय समितिले घोषणा गरेको लागूु औषध बिरुद्धको साताब्यापी कार्यक्रमलाई कोशी प्रदेशमा समेत गर्न लागिएको जानकारी गराउनुभयो ।

लागु औषध तथा नशालु पदार्थको कुलतमा युवाहरु फंस्दै गएको अवस्थालाई न्यूनिकरणगर्न असार ११ देखी १६ गतेसम्म देशब्यापी कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । कार्यक्रम अन्र्तगत ११ गते पत्रकार सम्मेलनका साथै सचेतनामुलक पर्चा पम्पलेट वितरण गरिएको छ । यस्तै १२ गते बिहान विराटनगरमा बृहद् सचेतनामुलक ¥याली निकालिने छ ।

१३ गते युवाहरुबिच छलफल कार्यक्रम,१४ गते जुम्माको नवाजपछि सबै मस्जिदका ईमामहरुले नवाज पढ्न आउनेलाई आफ्ना गाउँ,समाजमा दुब्र्यसन बिरुद्ध सचेतना फैल्याउन आव्हान गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरि १५ गते विद्यालय,मदर्शा तथा कलेजहरुमा सचेतना कार्यक्रम र १६ गते कोशी प्रदेशका स्वास्थ्य मन्त्रीको प्रमुख आतिथ्यमा विराटनगरमा संगोेष्ठी कार्यक्रम गरिने इस्लामी संघ नेपाल विराटनगर एकाईका निर्वतमान अध्यक्ष अफजल हुसैन गुल्जारले जानकारी दिनुभयो ।

केन्द्रले तय गरेको कार्यक्रम कोशी प्रदेशका सबै स्थानीय तहहरुमा समेत गरिने संघका कोशी सल्लाहकार समिति सदस्य जुल्फिकार अलिले बताउनुभयो । उहाँले संघको एकाई स्तरीय समितिहरुले प्रदेशका सबै पालिका र स्थानीय तहहरुमा यो कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
इस्लामी संघले बर्षेनी महिला अधिकार,दाईजो प्रथा,शिक्षा र ब्याज सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको छ । संघले मदिरा तथा लागु औषध विरुद्ध पहिलो पटक राष्ट्रब्यापी कार्यक्रम आयोजना गरेको जनाईएको छ ।

पत्रकार सम्मेलनमा संघका तरिर नदवी,तनवीर आलम र मोहम्मद फारुख लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु