विराटनगर ३ बैशाख । नेकपा एमालेका नेता एवम पुर्व गृहमन्त्री भीम रावलले मैथिली अनलाइनले भर्खरै प्रर्दशनमा ल्याएको ‘हम छी नेपाली’ बोलको गितको लिंक सामाजिक संजालमा शेयर गरेका छन ।

मैथिली अनलाइनको युट्यूब च्यानलमा नयाँबर्षको सन्दर्भ पारेर रिलिज गरिएको सो गीतको लिंक शेयरगर्दै उनले ‘देशभक्ति र राष्ट्रिय एकता जिन्दाबाद’ भन्दै स्टाटस लेखेका छन । रावल मात्र नभई राजनितिज्ञ,पत्रकार,सामाजिक अभियन्ता सहित विभिन्न बर्ग समुदायका अगुवाहरुले उक्त गीतको प्रशंसा सहित प्रर्बधन गरिरहेका छन ।

सिनेकर्मी अरुण प्रधानले निर्माण पक्षलाई बधाई दिंदै यो गीत सबैलाई हेर्न तथा प्रतिक्रिया दिन आग्रहगर्दै स्टाटस लेखेका छन । उनले पत्रकार तथा सामाजिक अभियन्ताहरुको सृजन सराहनीय रहेको उल्लेख गरेका छन ।

यस्तै मधेश प्रदेशका यूवा अभियन्ता विद्यानन्द बेदर्दीले एउटा हेर्न र सुन्न लायक भिडियोको निर्माण भएको स्टाटस लेखेका छन । उनले उक्त गीतले राष्ट्रलाई मिथिला र मिथिलालाई राष्ट्रसंग जोड्ने सकारात्मक अभियानकोरुपमा चित्रण गरेका छन ।

रावल,प्रधान र वेदर्दी मात्र नभई चार दर्जन बढी ब्यक्तीहरुले आफ्नो सामाजिक संजालको वालमा उक्त गीतलाई शेयरगर्दै प्रशंसा तथा सफलताको कामनागर्दै स्टाट्स लेखेका छन ।

राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको उक्त गीत नयाँ बर्ष २०८१ को सन्दर्भ पारेर बैशाख १ गते अनलाइनको युट्यूब च्यानलमा रिलिज गरिएको थियो ।

गीतको म्यूजिक भिडियोमा मोरङ, सुनसरीका चर्चित पत्रकार र सामाजिक अभियन्ताहरुले अभिनय गरेका छन । गीतको भिडियो र शब्दले मैथिली परिवेश सहितको समावेशी राष्ट्रियताको सन्देश बोकेको परिकल्पनाकार एवम गीतकार नवीन कर्णले बताए ।

यस गीतको म्यूजिक भिडियोमा सामाजिक अभियन्ताहरु प्रवीण नारायण चौधरी,कमलेश कर्ण, सचिन कर्ण,प्रदीप कुमार दास र आभा अनुपमा,ईशा यादव सहित मोरङका सक्रिय पत्रकारहरु नवीन कर्ण,कमल रिमाल,सन्तोष सिग्देल, पुष्पराज थपलिया,सुशीला पाठक, सोनुकुमार दास तथा वीरेन्द्र साहले अभियनय गरेका छन ।

यस्तै श्याम सुतिहार,उषा सरदार,हुसैन शेख,सरिता कर्मकार,सन्जना दास,कपलेश यादव र प्रवीण कर्णको अभिनय छ । म्युजिक भिडियोमा निलू कर्ण,विनिता कर्ण र रानी कर्ण लगायतले समेत भुमिका निर्वाह गरेका छन् ।

यस गीतमा पत्रकार नवीन कर्ण र साहित्यकार कर्ण संजयको शब्द छ भने प्रसिद्ध युवा गायक जागेश ठाकुरसंगै चर्चित गायकहरु राकेश पासवान,शंकर दास,धर्मेन्द्र शर्मा र बिमला पासवानले स्वर दिएका छन । मधेश प्रदेशको सिरहास्थित मिर्चैयाको ए.एफ.प्रोडक्सन स्टुडियोमा यस गीतको स्वरांकन गरिएको थियो ।

गीतको म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन भने छायांकन धिरेन्द्र साह र श्रृंगार अशोक मण्डलको रहेको छ । भिडियोको सम्पादन तथा रंग संयोजन हुसैन शेखले गरेका छन ।

गीतमा पत्रकार नवीन कर्ण र साहित्यकार कर्ण संजयको शब्द छ भने संगित धर्मेन्द्र शर्माको रहेको छ । मैथिली अनलाइनको युट्यूब पेजमा यो गीत हेर्न सकिन्छ ।

सम्बन्धित खबरहरु