नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेशले ११४ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरको कोशी अस्पतालमा उपचाररत महिलाहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।
जिफन्टका पदाधिकारी तथा सदस्यहरुले प्रत्येक बर्ष ८ मार्चकादिन मनाईने अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उपचाररत महिलाहरुलाई पौष्टिक आहार वितरण गरेको हो । जिफन्टले कोशी अस्पतालको प्रसुति वार्डमा उपचाररत ७५ जनालाई फलफुल,बिस्कुट र सुप बनाउन प्रयोग गरिने धुलो पाउडर वितरण गरेको हो ।
जिफन्ट कोशीका अध्यक्ष किशोर धमला,महिला अध्यक्ष डोमा गिरी र युवा अध्यक्ष भलि सुब्बा लगायतका पदाधिकारीले बिहीबार बिहान अस्पताल पुगेर ति सामाग्रि वितरण गरेका छन । जिफन्ट कोशीका अध्यक्ष किशोर धमलाले ८ मार्चको सन्दर्भ पारेर पौष्टिक आहार वितरणका साथै दिउँसो नेकपा एमाले पार्टी कार्यालयको सभाहलमा श्रमिक महिला दिवसको महत्व दर्शाउँदै अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो ।
उहाँले अझपनि युनियनको पहुँच नभएको ठाउँहरुमा श्रमिक महिलाहरुले ज्याला र कामको बिषयमा विभेद सहनु परेको बताउनुभयो । धमलाले पुरुषले झट्टै काम पाउने गरेपनि महिलाहरुले काम नपाउने पाए कम ज्याला तथा पारिश्रमिक दिने प्रबृति कायम रहेको दाबी गर्नुभयो ।
जिफन्ट कोशी प्रदेशमा उद्योग,कृषि,स्वास्थ्य तथा ब्यूटिशियन सहितका विभिन्न क्षेत्रमा कामगर्ने महिला पुरुषकागरि २२ वटा संघका ५ हजार सदस्य आबद्ध रहेको जनाईएको छ ।