विराटनगर । नेपालमा बिबिए प्रोग्रामको शुरुआतगर्ने विराटनगरस्थित पूर्वाञ्चल यूनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (पूसोम) मा नयाँ ब्याचका विद्यार्थी लक्षित अभिमुखीकरण सम्पन्न भएको छ ।
उक्त कलेजले नयाँ सत्रकालागि २६ औं ब्याचका विद्यार्थीहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम गरेको हो । प्राध्यापक र विद्यार्थी सम्मिलित सभालाई सम्बोधन गर्नुहुँदै पूर्वाञ्चल विश्व विश्वविद्यालय ब्यवस्थापन संकायका डीन प्रा.डा. बिजु कुमार थपलियाले आफ्नो स्थापनाको झण्डै तीन दशकमा पूसोमले ब्यवस्थापन शिक्षाको क्षेत्रमा राष्ट्रब्यापीरुपमा प्रतिष्ठित छवि बनाउन सफल भएको बताउनुभयो ।
उहाँले नेपालमैं पहिलो पटक बिबिए प्रोग्राम शुरुआतगर्ने गरिमा प्राप्त गरेको पूसोमले स्थापना काल देखी नै अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराउँदै आएको बताउनुभयो । डीन थपलियाले मिहेनत,लगनशीलता र रचनात्मक चिन्तनले मात्र आफुलाई अब्बल साबित गर्न सकिने भएकाले दत्तचित्त भएर अध्ययनमा जुट्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
निर्देशक प्रशान्त कुमार लालले पूसोमबाट उच्च शिक्षा लिएका सयौं विद्यार्थीहरु नेपाल सहित विश्वका प्रतिष्ठित संस्थाहरुको सफलतापुर्वक नेतृत्व गरिरहेको बताउनुभयो । अनुभवी प्राध्यापक,ब्यवस्थापन तथा विद्यार्थीहरुको लगनशीलताले मोफसलका कलेजहरु मध्ये पूसोमले आफ्नो उच्च छवि निर्माण गर्न सफल भएको बताउनुभयो ।
प्रा.डा.जीवन ढकालले पूसोमले विद्यार्थीको उज्वल भविष्यलाई ध्यान राखेर समयसापेक्ष सिलेबशहरु परिर्वतनगरि अध्यापन गराउँदै आएको जानकारी दिनुभयो । विक्रम सम्ब्त २०५४ सालमा पूसोमको स्थापना भएको जनाईएको छ ।
नयाँ सत्रकालागि उक्त कलेजमा ४ बर्षे बिबिए कोर्षका लागि ८० जना र २ बर्षे एमबिएका लागि २० जनाले प्रवेश परीक्षा पास गरेका छन ।