राष्ट्रिय अपाङ महासंघ प्रदेश एकको टोलीले अर्टिज्म सम्बन्धि अपाङ्ता भएका ब्यक्तीले हिडडुलगर्दा वा सार्वजनिक निकायबाट सेवा लिंदा झेल्नुपर्ने समस्याका बिषयमा अध्ययन गरेको छ ।

राष्ट्रिय अपाङ महासंघ नेपालले सिबिएम ग्लोबलसंगको सहकार्यमा अपाङता भएका ब्यक्तीहरुको गमनशिलताका बिषयमा अध्ययन गरेको हो । सो क्रममा विराटनगर ४ बक्खुटोलमा बसोबासगर्ने १८ बर्षिय रुजा पोखरेललाई प्रत्यक्ष सहभागि गराएर अध्ययन गरिएको हो ।

गमनशिलता चेन मुल्यांकन टोलीले पोखरेलले आफ्नो घरबाट वडा कार्यालयसम्म सेवा लिन जानुपर्दा जाँदा बाटो घाटोको अवस्था र सम्बन्धित वडा कार्यालयको समस्या र अवस्थाहरुको अध्ययन गरेको थियो । सो क्रममा बाटोघाटो र वडा कार्यालयको भौतिक संरचना अर्टिज्म सम्बन्धि तथा अन्य प्रकारका अपाङता भएका ब्यक्तीकाहरुलागि अपाङ्तामैत्री नपाईएको टोलीको नेतृत्व गर्नुभएका राष्ट्रिय अपाङ महासंघ प्रदेश–१ का जनवकालत संयोजक सन्तोष पण्डितले जानकारी दिनुभयो ।

अध्ययनको क्रममा लेखन गरिएको रिपोर्ट संरचना सुधारकानिम्ति सम्बन्धित निकायहरुलाई पठाईने उहाँले जानकारी दिनुभयो । गमनशिलता चेन मुल्यांकन टोलीमा विराटनगरका जनवकालत संयोजक चेतनाथ पोखरेल, सहित बौद्धिक,मनोसामाजिक,शारिरीक बहु अपाङता,श्रवण र दृष्टि सम्बन्धि अपाङता भएका ब्यक्तीहरुको सहभागिता थियो ।

सम्बन्धित खबरहरु