विराटनगर । नेकपा एमालेका जिल्ला सदस्य संजय बरुवाको नाम मोरङको क्षेत्रनम्बर ४ (ख) बाट प्रदेश सांसदकालागि सिफारिस भएको छ ।

नेकपा एमालेको क्षेत्रनम्बर ४ (ख) को क्षेत्रीय समितिको बैठकले उनको नाम सिफारिस गरेको हो । बंगाली समुदायका बरुवाको नाम अल्पसंख्यक समानुपातिकबाट सिफारिस भएको हो । नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सचिव समेत रहेका बरुवा नेकपा एमालको विभिन्न तहमा रहेर काम गरिसकेका छन ।

बरुवा २०५६ सालदेखी नेकपा एमालेमा आबद्ध भएर काम गरिरहेका युवा हुन । बरुवासंगै यसक्षेत्रबाट नेकपाको क्षेत्रीय समितिले प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पुर्व सामाजिक विकास मन्त्री समेत रहिसकेका विराटनगर ३ का जिवन घिमिरे ३ कै डम्बरप्रसाद निरौला,कौशिला बन्जारा,महेश भट्टराई,विराटनगर २ का बाबुराम कार्की, कटहरीका मुकेश बुढाथोकी,विराटनगर ८ का राजन भण्डारी छन ।

यस्तै समानुपातिकतर्फ विराटनगर १० की उषाकुमारी बराल,विराटनगर २ का खेम नेपाली,कटहरी २ का धर्मलाल सिंह,कटहरी २ का भिमराज राजवंशी,विराटनगर २ का मुरारी भट्टराई,विराटनगर १० की मधुदेवी पासवान,विराटनगर ८ का रामलाल पासवान,विराटनगर ३ की राधा पोखरेल,विराटनग २ की लिलादेवी रिजाल र शिला दिक्षीत कार्की तथा विराटनगर १० का सरोज मण्डल रहेका छन ।

सम्बन्धित खबरहरु