विराटनगर । मोरङ जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगितामा सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी,बालप्रतिभा र ईन्द्रपुर नमूना स्कुलले प्रथम स्थान हासिल गरेका छन ।

विराटनगरमा बिहीबार राति सम्पन्न भएको प्रतियोगिताको फाईनल प्रतिस्पर्धामा सिनियर लेबलतर्फ सुन्दर हरैंचाको सिद्धार्थ सेकेण्डरीले प्रथम स्थान हासिल गरेको छ भने जुनियरतर्फ सुुन्दर हरैंचाकै बालप्रतिभा र ईन्द्रपुर नमूना स्कुलले प्रथम स्थान हासिल गरेका हुन ।

बालप्रतिभा र ईन्द्रपुर नमूना स्कुलको समान अंक भएर टाईअप भएपछि जुनियरतर्फ दुई विद्यालयलाई प्रथम घोषणा गरिएको आयोजक समितिले जनाएको छ । यसैगरि सिनियरतर्फ सुन्दरहरैंचाकै ब्राईट फ्यूचर स्कुल दोश्रो र पथरीको एभरेष्ट उच्च माध्यमिक विद्यालय तेश्रो स्थान हासिल गरेका छन ।

बेलबारीको शिक्षा संदेश र सनसाईन स्कुलले सिनियरतर्फ सान्त्वना स्थान हासिल गरेका छन । यस्तै जुनियरतर्फ उर्लाबारीको भृकुटी मोडल स्कुल दोश्रो र बेलबारीको आदर्श स्कुलले तेश्रो स्थान हासिल गरेका छन । जुनियरतर्फ ईस्टर्न भ्यू बेलबारी र सुन्दर हरैंचाको स्कलर्स होम तथा सिद्धार्थ उच्च माविले सान्त्वना स्थान हासिल गरेका छन ।

बिजयी विद्यालयहरुलाई सिनियर र जुनियर दुवै क्याटोगरिमा प्रथम,दोश्रो र तेश्रो हुनेलाई नगद १५ हजार,१० हजार र ५ हजार सहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै सान्त्वना स्थान गर्नेलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा मोरङका ५९ विद्यालयका विद्यार्थीहरुले विभिन्न समुदायका मौलिक लोकनृत्य प्रस्तुत गरेको प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागि कक्षा ९ देखी १२ सम्मलाई सिनियर र ८ सम्मका विद्यार्थीलाई जुनियर लेबलतर्फ प्रतिस्पर्धा गराईएको थियो ।

प्याब्सन मोरङले २०६२ सालयता लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबरहरु