विराटनगर । थारु आइकन सिजन थ्री का प्रतिस्पर्धिलाई सहभागि गराएर बिराटनगरमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

थारु कला केन्द्रको आयोजनामा सम्पन्न हुन लागेको मिस्टर एन्ड मिस थारु आइकन २०२२ का प्रतिस्पर्धिलाई सहभागी गराएर अभिमुखिकरण आयोजना गरिएको हो । बिराटनगरस्थित एक निजि होटेलमा आयोजना गरिएको कार्यक्रममा थारु समाजका अगुवा र विभिन्न पार्टीबाट नेतृत्वगर्ने जनप्रतिनिधिहरुले थारु संस्कृति र पहिचानको महत्वको बिषयमा बोलेका थिए ।

थारु कल्याणकारिणी सभाका मोरङ अध्यक्ष प्रदिप भगतले थारुले समुदायको भाषा,संस्कृति संकटमा रहेकाले यस्को संरक्षणगर्न चौतर्फी पहल आवश्यक रहेको बताउनुभयो । समुुदायभित्र सांस्कृतिक,भाषिक र राजनीतिक चेतना जगाउन सकेमात्र मौलिक थारु संस्कृति जोगाउन सकिने भएकाले बिशेषगरि युवाहरुले दायित्वबोध गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।

थारु कला केन्द्रका कानुनी सल्लाहकार मधुसूदन चौधरीले थारु आइकनका बिजयिले जातिय परिधीमा मात्र सिमित नरहि देश र बिदेशका प्रतियोगितामा सहभागी हुन सक्नेगरी आफ्नो क्षमता बिकाश गर्नुपर्ने बताउनुभयो । केन्द्रका उपाध्यक्ष प्रशान्त चौधरीले भाषासंस्कृति जोगाउन युवाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले समय सापेक्ष कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

सल्लाहकार सुचि चौधरीले थारु आईकनमा सहभागि हुन आएका युवायुवतीहरुले तालिमको दौरानमा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्नुपर्ने आग्रह गर्नुभयो । मिस्टर एन्ड मिस थारु आइकन २०२२ को फाईनल प्रतियोगिता आउदो असोज १६ गते विराटनगरमा हुने जनाईएको छ ।

प्रतियोगिताको अडिसनबाट ४५ जना युवायुवतीहरु छनौट भईसकेका छन । छनौट भएका प्रतिस्पर्धिलाई सहभागि गराएर भदौ १२ बाट एकमहिने प्रशिक्षण कार्यक्रम गरिने थारु कला केन्द्रका अध्यक्ष विश्वनारायण चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताका बिजयी युवायुवतीलाई उपाधि सहित ५०÷५० हजार नगद र दुबई भ्रमणको टिकट प्रदान गरिने आयोजक समितिले जनाएको छ । यस्तै अन्य विधाका बिजयीलाई समेत नगद सहित पुरस्कृत गरिने जनाईएको छ ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

सम्बन्धित खबरहरु