विराटनगर । साउने सोमबारको सन्दर्भ पारेर विराटनगरमा भगवान शिवको प्रसादस्वरुप खिर वितरण कार्यक्रम गरिएको छ ।

विराटनगर १५ स्थित नर्मदेश्वर शिव मन्दिरमा भगवान शिवको प्रसादकोरुपमा खिर वितरण गरिएको हो । सोमबारकोदिन मन्दिरमा भगवान शिवलाई जल अर्पणगर्न आएका भक्तजन तथा श्रद्धालुलाई खिर तथा चिसो सर्बत वितरण गरिएको हो ।

विराटनगर १३ का धर्मानुरागी फिरोजकुमार साहले जुटमिल परिसरमा रहेको सो मन्दिरमा प्रसाद वितरण कार्यक्रम गर्नुभएको हो । कार्यक्रमकाबीच २ हजार बढी श्रद्धालु तथा भक्तजनलाई खिर तथा प्रसाद वितरण गरिएको साहले बताउनुभयो ।

साउन महिनामा धर्म तथा सेवा कार्यगर्दा मनोवांछित फल प्राप्त हुने मान्यता रहेकाले प्रसाद वितरण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । साउनको चौथो सोमबारकादिन नर्मदेश्वर शिव मन्दिरमा हजारौं श्रद्धालुले जल अर्पण गरेको मन्दिर समितिका अध्यक्ष अनुज गुप्ताले जानकारी दिनुभयो ।

मन्दिर भन्दा ३ किलोमिटर पश्चिमतर्फ रहेको केशलिया खोलाबाट जल लिएर आएका भक्तजनले नर्मदेश्वर महादेवलाई जल अर्पण गरेका थिए ।

सम्बन्धित खबरहरु