विराटनगर । लायन्स क्लब अफ बिराटनगर इनभिजनको पद हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बिराटनगरस्थित श्रीकृष्ण होटेलमा सो क्लबको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका बीच इनभिजनको बर्ष २०२१-२२ की प्रेसीडेण्ट अन्जना कट्टेल सुवेदीले बर्ष २०२२-२३ का लागि नवनिर्वाचित प्रसिडेण्ट सबिता ओझा सुवेदीलाई पद हस्तान्तरण गर्नुभयो ।

निवर्तमान प्रेसिडेण्ट कट्टेलले ओझालाई लायन्सको पिन, मेडल र खाता हस्तान्तरणगर्दै पद हस्तान्तरण गर्नुभयो । कर्यक्रमका बिच आयोजक क्लबकी सचिब सृष्टि चापागाईंले बितेको कर्यकालको प्रतिबेदन प्रस्तुत गर्नुभयो । उहाँले बितेको कर्यकालमा समाजसेवा तथा मानवीय सेवाका महत्वपूर्ण कार्यहरूगर्न सफल भएको बताउनुभयो ।

चापागाईंले बितेको कार्यकालका केही महत्वपूर्ण कार्यहरूमध्ये धनकुटाको चन्चला देवी निम्न माध्यमिक विद्यालयमा अध्यनरत सयजना विद्यार्थीलाई जुत्ता, ब्याग र शैक्षिक सामग्री वितरण गरिएको । गएको बर्षको बाढीमा पीडित भएका बिराटनगरस्थित रामपुरका प्रभावित ६० परिवारलाई खाद्यान्न वितरण गरिएको । यस्तै रक्तदान सेनेटरी प्याड वितरण र ज्येष्ठ नागरिकलाई भोजन लगायतका महत्वपुर्ण कार्यक्रमहरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सो अबसर मा बोल्नुहुँदै निर्वतमान प्रेसिडेण्ट सुबेदीले आफू बिगत ५ बर्ष अघिदेखि नै लायन्समा आबद्द रहेको र सहयोगि सदस्यहरुसंग मिलेर ईनभिजन गठन गरेको बताउनुभयो । इनभिजन जुन उद्धेश्यले गठन गरिएको थियो त्यसै अनुरुप कार्यगर्न सफल भएको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

पदभार ग्रहण गर्नुहुँदै सविता ओझा सुवेदीले आफ्नो कार्यकालमा लायन्स क्लबको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्राथमिकतामा राखेर कार्य गर्ने बताउनुभयो । उहाँले समाज सेवा र नेतृत्व बिकाशलाई समेत प्राथमिकतमा राखेर कामगर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न सेवाकार्य सम्पन्नगर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सदस्य र पदाधिकारीलाई मायाको चिनो र कदरपत्रसहित सम्मान गरिएको थियो ।

इनभिजनको नयाँ कार्यसमितिको भाईस प्रेसीडेण्टमा सृष्टि चपागाई, सेक्रेटरी सन्ध्या मण्डल र ट्रेजरर अंकिता गिरीसहित ३० सदस्य रहेको ज्वाईन्ट सेक्रेटरी शिल्पा सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु