विराटनगर । सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीले सामाजिक कुरिति बिरुद्ध सचेतना कार्यक्रम गरेको छ ।
केन्द्रले कटहरी गाउँपालिकाको वडानम्बर १ महेशपुरमा सचेतना कार्यक्रम गरेको हो । स्थानीय वडावासीलाई सहभागि गराएर आयोजना गरिएको कार्यक्रममा बालविवाह,दाईजो र बोक्सी जस्ता सामाजिक कुप्रथाहरुको बिषयमा सर्वसाधारणलाई जानकारी गराईएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका असई अदित राईले सहभागिलाई सामाजमा भएका कुप्रथाहरु तथा त्यससंग सम्बन्धित कानुनहरुको बिषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा बोल्नुहुँदै सामुदायिक सेवा केन्द्र तिनपैनीका अध्यक्ष मिना जोशीले समाजमा भएका कुरुतिहरुलाई अन्त गर्नसके विकास र समृद्धिले गतिलिने बताउनुभयो ।
आयोजक संस्थाका उपाध्यक्ष विद्यानन्द माझीले जनचेतनाको अभावले समाजमा कतिपय कुप्रथाहरुले निरन्तरता पाईरहेको बताउनुहुँदै त्यसलाई अन्तगर्न सचेतना कार्यक्रमहरु प्रभावीहुने बताउनुभयो । सम्बन्धित वडाका वडाध्यक्ष हरि राजवंशीले कटहरी १ विराटनगर महानगरपालिकासंग जोडिएको वडा भएपनि अशिक्षा लगायतका कारणले विकाश क्रममा पछि परेको बताउनुभयो ।
वडावासीको समग्र विकासका निम्ति कुरिति रहित समाजको निर्माणगर्न आगामी दिनमा थप सचेतनामुलक कार्यक्रमहरु आयोजना गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका सुशिल मुन्दडा र सन्तोष बाहेती सहित सर्वसाधारणको सहभागिता थियो ।