विराटनगर । हाम्रो संयुक्त निजी चालक संघ मोरङको अध्यक्षमा मनोज दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

विराटनगरमा शनिवार सम्पन्न भएको संघको प्रथम साधरणसभाबाट दुलाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उहाँ सचिब रहनु भएको थियो । नवनिर्वाचित अध्यक्ष दुलालले चालकहरूको हकहितमा काम गरेर अगाडी बढने बताउनुभयो ।

उहाँले अहिलेपनि सवारी चालकहरूलाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेको बताउनुहुँदै चालकहरुको पेशालाई बुझ्न नसक्दा यस्तो अवस्था रहेको उहाँले बताउनुभयो । आगामी दिनमा यस पेशालाई सम्मानित पेशाको रूपमा अगाडी बढाउने उहाँले बताउनुभयो ।

साधारण सभाले अहिले अध्यक्ष मात्र सर्वसम्मत चयन गरेको छ भने अन्य पदाधिकारी र सदस्यहरू अर्को बैठकले चयन गर्ने भएको छ । संघमा एक सय जना सवारी चालकहरु आवद्ध रहेका छन् । साधारण सभाले संघको सल्लाहकारहरूमा लक्ष्मण राजवंशी र लक्ष्मी नारायण राजवंशीलाई चयन गरेको छ ।

कार्यक्रममा टे«ड युनियन काँग्रेसका अध्यक्ष तथा नेपाली काँग्रेस विराटनगर १३ का सभापति तारानाथ तिम्सिनाले सवारी चालकहरू संगठित हुन सकेमात्र आफ्नो हकअधिकार स्थिापित गर्न सक्ने बताउनुभयो ।

सोही अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान पनि गरेको अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु