विराटनगर २६ चैत । चैत १९ गते विराटनगरमा शंकास्पद अवस्थामा मृत फेला परेका नोबेल अस्पतालका चिकित्सक डाक्टर बिजय यादवका आफ्न्त तथा स्थानियले विराटनगरमा प्रर्दशन गरेका छन ।

उनिहरुले डाक्टर यादवको हत्या भएको दाबीगर्दै घटनाको निश्पक्ष छानबीनगरि दोषीलाई कठघरामा उभ्याउन मागगर्दै प्रदर्शन गरेका हुन । पीडित पक्षले डाक्टर बिजय यादव न्याय संघर्ष समिति गठनगरि दबाबमुलक कार्यक्रमहरु शुरु गरेका हुन ।

जसअन्र्तगत आजबिहान स्थानिय रोडशेषचोक हुँदै नगरक्षेत्रको विभिन्न भागमा प्रर्दशन गरिएको छ । न्यायको मागगर्दै पोस्टर,पम्पलेट सहित गरिएको प्रर्दशनका सहभागिले रोडशेषबाट,भुमिप्रशासन चोक,ट्राफिकचोकबाट मेनरोड हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए ।

सो क्रममा उनिहरुले न्यायको मागगर्दै नाराबाजी समेत गरेका थिए । सो बिषयमा जानकारी दिनुहुँदै सर्घष समितिका संयोजक हिरा यादवले घटना भएको रात डाक्टर यादवको अन्यत्र हत्यागरि घटना लुकाउन उनि बस्ने गरेको डेराको प्राङणमा शव लगेर फालिएको हुनसक्ने आशंका ब्यक्त गर्नुभयो ।

मृतकको मुखबाट रगत बगेको,हातका विभन्न भागमा चोट लागेको देखिएको तथा घटनास्थल वरिपरिका विभिन्न स्थानमा रगतको टाटाहरु देखिएकाले कर्तब्यगरि हत्या गरेको हुनसक्ने उहाँले दाबी गर्नुभयो । घटना भएको एकसाता बितिसक्दा समेत प्रहरीले हालसम्म यथार्थ विवरण सार्वजनिक नगरेकाले न्यायको मागगर्दै आफुहरु प्रर्दशनमा उत्रिन बाध्य भएको उहाँको भनाई छ ।

समितिले आजै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई सो बिषयको ज्ञापनपत्र समेत बुझाएको छ । नोबेल अस्पतालको अर्थोपेडिक डिपार्टमेन्टमा मेडिकल अफिसरकोरुपमा कार्यरत २७ बर्षिय डाक्टर बिजय यादवको शव अस्पताल नजिकै रहेको आफु बस्दै आएको डेराको कम्पाउण्डमा घोप्टो परेर लडेको अवस्थामा चैत १९ गते बिहान भेटिएको थियो ।

सप्तरीको मलेखपुर खुरखुरीया घर भएका डाक्टर यादव २०७६ जेठ ६ गतेदेखि सो अस्पतालमा कार्यरत रहेका थिए । नोबेल अस्पालले समेत सो घटनाको बिषयमा सत्यतथ्य पत्ता लगाउन मागर्दै बिज्ञप्ति जारी गरिसकेको छ ।

सो बिषयमा प्रतिक्रिया दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।

सम्बन्धित खबरहरु