कटहरी २१ फागुन । नेपाल आदिवासी जनजाति महासंघको कटहरी गाउँ समन्वय समन्वय परिषद गठन गरिएको छ ।
कटहरी गाउँपालिका १ को चौधरी कृषि फर्ममा भएको महासंघ कटहरीको दोश्रो अधिवेशनबाट ९ सदस्यिय समन्वय परिषद निर्विरोध निर्वाचित भएको हो । स्थानिय जयन्त कुमार राजवंशीको नेतृत्वमा कटहरी गाउँ समन्वय परिषद निर्विरोध निर्वाचित भएको महासंघले जनाएको छ । समन्वय परिषदको उपाध्यक्षत्रयमा केशवकुमार मुडियारी,अनिताकुमारी मण्डल,सहदेव राजवंशी र सचिवमा दिलिपकुमार माझी निर्वाचित हुनुभएको छ । यस्तै तिनजना सहसचिवमा प्रतापसिंह राई,अनिलकुमार उरांव र सृष्टि पालुङ्वा हुनुहुन्छ भने कोषाध्यक्षमा शुसिल हास्दा चयन हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी समुदायको भाषा,कलासंस्कृतिको संरक्षणका साथै उनिहरुको हकअधिकार स्थापितगर्न भुमिका खेल्दै आएको छ । कार्यक्रममा महासंघका मोरङ अध्यक्ष दिलबहादुर थेबे र निर्वतमान अध्यक्ष देवराज चौधरी लगायतको सहभागिता थियो ।