विराटनगर २१ फागुन । बैश्य समाजको राजनैतिक तथा सामाजिक उन्नयनकानिम्ति १०१ सदस्यिय संघर्ष समिति गठन भएको छ ।
समाजका अगुवा ब्यक्तीहरुको उपस्थितिमा विराटनगरस्थित स्थानिय रामजानकी सेवा सदनमा बसेको बैठकले शंकरप्रसाद रौनियारको अध्यक्षतामा १०१ सदस्यिय संघर्ष समिति गठन गरेको हो । नवगठित संघर्ष समितिलाई विभिन्न ५ बुँदे कार्यभार दिइएको छ । जस अनुसार बैश्य समाजका मानिसहरुको राजनीतिक पहुँच स्थापितगर्न संघर्षगर्ने,आसन्न स्थानिय तहको निर्वाचनमा जनसंख्याको आधारमा टिकट उपलब्ध गराउन पहलगर्ने र समाजलाई अग्रगतिदिन नेतृत्वदायि भुमिका खेल्नेगरि कार्यादेश दिइएको छ ।
यस्तै बैश्य आयोग गठनकानिम्ति आवश्यक पहल र संघर्षगर्ने तथा बैश्य समुदायका मानिसहरु जुनसुकै पार्र्टीमा भएपनि सोहि पार्टीबाट टिकट दिलाउन पहलगर्ने सहितका ५ बुँदे कार्यादेशसहित संघर्ष समिति गठन गरिएको हो ।
कार्यक्रममा डाक्टर श्याम रौनियार,समाजसेवी सियाराम रौनियार,ललन प्रसाद साह,युवा नेता राजेश गुप्ता,अधिवक्ता तथा अधिकारकर्मी सन्जु साह,अमृत कुमार साह,बिरेन्द्र कुमार साह,महेश स्वर्णकार,मदन साह,कामेश्वर रौनियार,भोला साह,महेन्द्र साह,प्रदिपकुमार भगत,बरिष्ठ, राजकुमार गुप्ता, समाजसेबी नगेन्द्र भगत, अनुज गुप्ता, मुक्तेश्वर शाह, दिपेन्द्र रौनियार, दिपेन रौनियार र गणेकुमार साह लगायतको सहभागिता थियो ।
नवगठित समितिले आउदो निर्वाचनलाई लक्षित गरेर आवश्यकता अनुसारको दबाबमुलक कार्यक्रमहरु संचालनगर्ने नवगठित संघर्ष समितिका अध्यक्ष शंकरप्रसाद रौनयारले बताउनुभयो ।