विराटनगर २२ माघ । विराटनगर १८ बुधनगरका १२५ जनालाई चिसो छल्न कम्बल वितरण गरिएको छ ।
बुधनगरका विपन्न,अशक्त,एकल महिला तथा जेष्ठ नागरीकहरुलाई कम्बल वितरण गरिएको हो ।

युवा जागरण संघ नेपालको आयोजनामा त्यसक्षेत्रका लक्षितबर्गलाई कम्बल वितरण गरिएको हो । स्थानिय ईलाका प्रहरी कार्यालय बुधनगर परिसरमा शनिवार एक कार्यक्रमको आयोजनागरि उनिहरुलाई कम्बल वितरण गरिएको हो । कार्यक्रमकाबीच आयोजक संस्थाका अध्यक्ष भोला यादव,उपाध्यक्ष नन्दलाल यादव र विराटनगर १८ का कार्यबाहक वडाध्यक्ष राजदेब यादव लगायतले लक्षितबर्गलाई न्यानो लुगा हस्तान्तरण गर्नुभयो ।

विराटनगर १८ को वडा कार्यालय,आयोजक संस्था र युवानेता उमेश यादवको आर्थिक सहकार्यमा न्यानो लुगा वितरण गरिएको युवा जागरण संघ नेपालका उपाध्यक्ष नन्दलाल यादवले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै आयोजक संस्थाका अध्यक्ष भोला यादवले सबैजनाले आफ्नो कमाईको थोरै प्रतिशत भएपनि समाजसेवामा खर्च गरे धेरै विपन्न समुदायलाई राहत पुग्ने विचार ब्यक्त गर्नुभयो ।

आफ्नो संस्थाले बिगत दश बर्षदेखि निरन्तर विपन्न समुदाय लक्षित कार्यक्रमहरु गर्दै आएको उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु